Logo
२ जेष्ठ २०८१, बुधबार
(March 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यदि शरिरको निजी अंग चिलाएर हैरान हुनभएको छ भने अपनाउनुहोस् यी घरेलु उपचार

काठमाडौँ :  सामान्यतया शरिर फोहोर भएमा धुलोहरु परेमा शरिर चिलाउने गर्छ । तर एलर्जी भयो भने शरिरको विभिन्न भागहरु चिलाउने गर्छ ।  एलर्जी भएको समयमा केही यस्तो ठाउँमा चिलाउँछ धेरै मानिस भएको ठाउँमा बसेर कन्याउन असहज हुन्छ ।

यस्तो समस्या अरुलाई भन्न गाह्रो हुने हुँदा निकै कष्ट सहनुपरेको हुन्छ । त्यसकारण यस्तो समस्या भएको अवस्थमा हामीले घरेलु उपचारको माध्यमबाट पनि मुक्ति पाउन सकिन्छ । लजालु मानिसको लागि घरेलु उपाय निकै उपयोगी हुन्छ ।

हेरौँ केके हुन् त घरेलु उपायहरु ?

१. लसुन :  हरेक दिन लसुनको पोटी खाने गरेमा चिलाउने समस्याबाट मुक्त हुन सकिन्छ । यसलाई हामीले खानामा प्रयोग गर्न सकिन्छ ।

२. बरफ :  राती सुत्नुभन्दा अगाडी बरफको प्रयोग गरेर यौनी सेक्ने गरेमा चिलाउने समस्या हुँदैन् ।

३. नूनपानी :  तातो टबमा पानी राखेर त्यसमा नुन हालेर केही समय त्यसमा बस्दा पनि राहत पाउन सकिन्छ ।

४. तुलसी पानी पिउने : तुलसीको पातमा पानी हालेर उमाल्ने र दिनमा दुई पटक पिउने गर्नाले फाइदा हुन्छ ।

५. दही : चिलाउने रोगलाई प्राकृतिक रुपमा नै निको पार्ने अर्को उपाय हो दही । चिलाएको भागमा दहीको लेप बनाएर लगाउने गरेमा यस्तो समस्याबाट चाँडै छुट्कारा पाउन सकिन्छ ।

६. स्याउको अमिलो :  स्याउको अमिलोको प्रयोग गरेर पनि यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ । स्याउको अमिलोमा एन्टीब्याक्टेरियल र एन्टीफंगल गुण हुने भएको हुँदा यसले एलर्जीको संक्रमणलाई प्राकृतिक रुपमा नै हटाउँछ । २ चम्चा स्याउको अमिलो मनतातो पानीमा हालेर गुप्तांग धुँदा यस्तो समस्या हट्छ ।

प्रकाशित मिति: Mar 28, 2019

प्रतिक्रिया दिनुहोस्