Logo
१७ बैशाख २०८१, सोमबार
(March 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ए मेरो हजुर ३’को ट्रेलर रिलिजमा झरना थापाले मनाइन् आफ्नो जन्मदिन

काठमाण्डौ :  चैत्र २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । यो चलचित्रको ट्रेलर युटुबमा भने बिहिबार दिउँसो १ बजे मात्र सार्वजनिक गरिने निर्माणपक्षले बताएको छ ।

चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकारहरु सलोन बस्नेत, रेअर राई, निर्माता सुनिलकुमार थापा उपस्थित थिए । कार्यक्रममा बोल्दै निर्देशक झरना थापाले भनिन्-‘यो पटक मैले छोरी सुहानालाई डेब्यू गराउँदैछौँ । आफूले हिडेको बाटोमा ल्याउँदैछु । आजबाट तपाइहरुमाझ मेरी छोरीलाई छाड्दैछु ।’

कार्यक्रममा बोल्दै नायक अनमोल केसीले भने-‘यो टिमसँग जोडिन पाउँदा म अत्यन्त खुशी छु । सबैको साथ र सहयोग पाउनेछु भन्ने आशा छ ।’ यस्तै, नायिका सुहाना थापाले भनिन्-‘मेरो आजबाट नयाँ यात्रा सुरु हुँदैछ । सबैको माया पाउँछु भन्ने आशा गरेकी छु ।’

कार्यक्रममा बोल्दै नायक सलोन बस्नेतले ‘ए मेरो हजुर’को हरेक श्रृङ्खलाको सहयात्री बन्न पाउँदा खुशी लागेको सुनाए । चलचित्रले एक स्टार र एक फ्यानविचको कथालाई उठान गरेको छ । कार्यक्रममा नायिका तथा निर्देशक झरना थापाको जन्मदिनको अवसर पारेर केक समेत काटिएको थियो ।

प्रकाशित मिति: Mar 28, 2019

प्रतिक्रिया दिनुहोस्