Logo
३ श्रावण २०८१, बिहीबार
(March 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्ना ग्राहकलाई स्पेशल प्याकेजको व्यवस्था गर्दै एभरेष्ट बैंक

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न नेपाल नेशनल हस्पिटलसँग साझेदारी गरेको छ ।
कलंकी स्थित नेपाल नेशनल हस्पिटल बहुविशेषता भएको हस्पिटल हो ।

एभरेष्ट बैंक र नेपाल नेशनल हस्पिटलबीचको एमओयू अनुसार ग्राहकहरुले विभिन्न सेवा शुल्कमा १० देखि १५ प्रतिशतसम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् ।

“सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ । एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो ।

बैंकले हाल आफ्ना ९२ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: Mar 27, 2019

प्रतिक्रिया दिनुहोस्