Logo
५ श्रावण २०८१, शनिबार
(March 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिना मगरविरुद्ध अख्तियारमा उजुरी, लापरवाहीका कारण मेलम्ची आयोजना पूरा नभएको आरोप

काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै विवेकशील नेपाली दलले मन्त्री बिना मगर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।

मंगलबार उक्त दलकी युवा नेत्री रञ्जु दर्शनासहितको टोलीले अख्तियारमा उजुरी दर्ता गराएका छन् उक्त उजुरीमा सम्बन्धित मन्त्री, सचिव, कर्मचारीदेखि ठेकेदार कम्पनीमाथि छानबिनको माग गरिएको छ । खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति र ठेकेदार कम्पनीको लापरवाहीका कारण मेलम्ची आयोजना पूरा नभएको विवेकशील नेपाली दलको ठहर छ ।

मेलम्ची प्रकरणमा विवादहरू आउन थालेपछि केही समयअघि उनले सचिव गजेन्द्र ठाकुरको सरुवा गरेकी थिइन् । मेलम्चीका विषयमा विभिन्न मिडियामा भ्रष्टाचार, कमिशनका तथ्य सार्वजनिक हुँदा पनि छानबिन भएको छैन । यसै विषयमा संसदको अर्थ समिति र संसदमा पनि मन्त्रि बिना मगर माथि प्रश्न उठाइएको थियो ।

प्रकाशित मिति: Mar 27, 2019

प्रतिक्रिया दिनुहोस्