Logo
२४ असार २०८२, मंगलबार
(March 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमिर, कट्रिना कहिले गएनन् स्कूल र अर्जुन १२ फेलः हेर्नुहोस् तपाईको १० फेवरेट सेलिब्रिटीले पढाइ कहाँ पुर्याए

एजेन्सी : अहिले नेपालमा एसईईको परीक्षा चलिरहेको छ । भारतका १० र १२ का विद्यार्थी पनि बोर्ड परीक्षा व्यस्त छन् । यो परीक्षालाई निकै महत्वका साथ हेरिन्छ किनभने यसपछि नै विद्यार्थीको करियरको मार्ग प्रशस्त हुन्छ । परीक्षा र करियरको बहानामा बलिउडका चर्चित स्टारको पढाई कति छ भन्ने जानकारी लिऔं ।

१. आमिर खान :

आमिर बलिउडमा विगत २५ वर्षदेखि इन्डष्ट्रिमा राज गरिरहेका छन् । तर आमिरले कुन स्कूलमा कति कक्षा पढे भन्ने कुनै जानकारी छैन । एक टेलिभिजन च्यानलमा कुराकानीको क्रममा उनले स्कूलसँग आफ्नो कुनै पनि सम्बन्ध नभएको बताएका थिए । आमिर आजकाल आफ्नो नयाँ फिल्म लाल सिंह चड्डाको तयारीमा व्यस्त छन् ।

२. सलमान खान :

यस्तै सलमान खान सिन्धिया स्कूल ग्वालियर र सेन्ट स्टिन्सल स्कूल, मुम्बईबाट निस्किएपछि नेशनल कलेज, मुम्बईमा भर्ना भए तर उनी कहिले पनि कलेज गएनन् । सलमानले हाई स्कूलसम्मको पढाई गरेकी छिन् ।

३. अक्षय कुमार :

अक्षय कुमार खालसा कलेज, मुम्बईमा ११ औं कक्षामा भर्ना भए तर उनी पढाई, परीक्षा र डिग्रीबाट टाढै रहे । एक अन्तर्वार्तामा आफूले कहिले पनि स्कूलको शिक्षालाई प्राथमिकता नदिएको बताएका थिए । उनले पढाईभन्दा अनुशासन महत्वपूर्ण भएको बताए ।

४. कट्रिना कैफ :

कट्रिना कैफले केही परिस्थितीका कारण आफू कहिले पनि स्कूल जान नपाएको बताएकी थिइन् । कट्रिना सात भाइ–बहिनीमध्येकी एक हुन् । दोस्रो कुरा जब करिना सानी थिइन् तब उनका आमा–बुवा अलग्गिए । कट्रिनाले १४ वर्षको उमेरमा नै मोडलिङ गर्न सुरु गरेकी थिइन् ।

५. दीपिका पादुकोण :

अभिनेत्री दीपिका पादुकोणले पनि स्कूले शिक्षामात्र हाँसिल गरेकी छिन् । उनले सोफिया हाई स्कूल, बैंगलोरबाट पढाई गरेकी हुन् ।

६. करिष्मा कपुर :

९० को दशकमा छाएकी अभिनेत्री करिष्मा कपुरले एकपछि अर्को हिट फिल्म दिएकी छिन् । तर करिष्माले ६ कक्षासम्मको मात्र पढाई गरेकी छिन् भन्दा तपाईंलाई अचम्म लाग्ला ।

७. आलिया भट्ट :

आजकाल रणबीर कपुरसँगको सम्बन्धका कारण चर्चामा छाएकी आलिया भट्टले पनि स्कूलसम्मको पढाई गरेकी छिन् । उनी जमनाबाई नर्सी स्कूल, मुम्बईमा पढेकी हुन् ।

८. काजोल :

१६ वर्षको उमेरमा ‘बेखुदी’ बाट डेब्यू गर्ने नायिका काजोल पनि ती अभिनेत्रीमा समावेश छिन् जसले आफ्नो स्कूलको पढाई पनि पूरा गर्न सकेनन् ।

९. कंगना रनौत :

कंगना रनौत आज जहाँ छिन् त्यो स्थान हाँसिल गर्नका लागि लामो संघर्ष गरेको बताउँछिन् । कंगना १२ कक्षामा फेल भएकी थिइन् र त्यसपछि उनले थप पढिनन् ।

१०. अर्जुन कपुर :

बोनी कपुरका छोरा नायक अर्जुन कपुर पनि १२ कक्षा फेल हुन् । तर बलिउडमा उनको पनि निकै चर्चा छ । आजकाल अर्जुन मलाइका अरोडासँगको सम्बन्धका कारण चर्चामा छन् ।

प्रकाशित मिति: Mar 27, 2019

प्रतिक्रिया दिनुहोस्