Logo
६ श्रावण २०८१, आईतबार
(March 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव समूहका कार्यकर्ता खोज्न परिचालित प्रहरी टोलीद्वारा खैरो हिरोइनसहित २ जना पक्राउ

काठमाडौं : विप्लव समूहका कार्यकर्ता खोज्न परिचालित प्रहरी टोलीले राजधानीको नयाँ बसपार्कबाट १६ ग्राम खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर निवासी रमेश वस्नेत र शेरसिंंह रोकाया रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिबन्धित विप्लव समूहका कार्यकर्तालाई नियन्त्रण गर्न तथा सामाजिक विकृति, विसंगति र गुण्डागर्दी लगायत अन्य अपराधिक घटनाहरु नियन्त्रण गर्न प्रहरीले आकस्मिक कर्डन एण्ड बिशेष सर्च अप्रेशन अभियान सञ्चालन गरेको छ ।

सोही क्रममा प्रहरीले १६ ग्राम खैरो हिरोइनसहित वस्ती र रोकायालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: Mar 27, 2019

प्रतिक्रिया दिनुहोस्