Logo
८ असार २०८२, आईतबार
(March 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार, अस्पतालबाट भए डिस्चार्ज

काठमाडौँ : केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि उनी ह्याम्स अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा सुधार भएपछि सिटौला डिस्चार्ज भएको उनका सहयोगी एवं नेविसंघ पूर्वसहमहामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

अस्पतालबाट बिदा हुँदै सिटौलाले उपचारमा संलग्न चिकित्सक, शुभेच्छुक र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । सिटौलाको रगतमा हेमोग्लोबिनको कमी र रक्तचापमा समस्या देखिएको थियो ।

प्रकाशित मिति: Mar 26, 2019

प्रतिक्रिया दिनुहोस्