Logo
११ बैशाख २०८१, मंगलबार
(March 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कामदारलाई जापानी नागरिक सरह सेवा सुविधा दिईने

काठमाडौ : नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भए अनुसार जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा, सुविधा जापानी नागरिक सरह पाउने व्यवस्था गरेको छ । सम्झौता अनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ ।

स्पेसिफिक स्किल्ड वर्कर अन्र्तगत नेपाली श्रमिकले पाउने पारिश्रमिक जापानी कामदारले सोही कामका लागि पाउने पारिश्रमिक सरह वा त्यो भन्दा पनि बढी हुनेछ । प्रत्येक कामदारलाई सहायता योजना अन्तर्गत जापानमा दैनिक जीवन यापन सम्बन्धी,अभिमुखीकरण भाषा सिक्नका लागि श्रमिकको बसाई र कार्यस्थलको अवस्था, स्वास्थ्य सेवा, गुनासो व्यवस्थापनका विषय समेत समेटिएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रम समझदारीले नेपाल र जापानको सम्बन्धलाई अझ उचाइमा पुर्याएको उल्लेख गरे । सरकारले लामो समयदेखि सुरक्षित र मर्यादित गन्तव्यमा नेपाली कामदार जान पाउन भनेर वकालत गर्दै आएकोमा यस खालको समझ्दारीले सहयोग पुर्याएको मन्त्री विष्टको भनाइ छ ।

श्रमिक भर्ना र भाषा परीक्षाका लागि विभाग अन्तर्गत छुट्टै संयन्त्र :

विशेष दक्ष कामदारका लागि नेपाली श्रमिकहरुको भर्ना, जापानी भाषा परीक्षा तथा सीप परीक्षणके लागि वैदेशिक रोजगार विभाग अन्तगत एउटा छुट्र्टै संयन्त्र खडा गरिनेछ । सो संयन्त्रको नाम के राख्ने भन्ने विषयमा टुङ्गो लाग्न बाँकी रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

यस समझदारीलाई कार्यान्वयन गर्नका लागि दुबै देशका प्रतिनिधि रहने गरी संयुक्त समितिको गठन गरिएको छ । सो समितिले स्पेसिफिक स्किल्ड वर्कर अन्तर्गत नेपाली श्रमिकहरुको भर्ना, रोजगारी र स्वदेश फिर्ती लगायतका विषयमा अपनाइने विधि र प्रक्रिया टुंगो लगाउनेछ ।

यी क्षेत्रमा पाउनेछन् नेपाली कामदारले काम :

आगामी अप्रिलदेखि बृद्धाबृद्धको स्याहार सुसार, कृषि, सवारी साधनको मर्मत, खाद्य सेवा उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन,आवास उद्योग, इलेक्ट्रोनिक्स ,सुचना प्रविधि उद्योग लगायतका १४ क्षेत्रमा १८ वर्ष पुगेका ३ लाख ४ हजार विदेशी कामदार जापानले लैजानेछ ।

जापानले पछिल्लो समय श्रम अभाव झेल्दै आएको छ । जापान सरकारले आफ्नो स्वेतपत्रमार्फत जापानमा विगत २० वर्षदेखि कामदारको अभाव हुँदै आएको र सो अभाव पछिल्लो समय झन् झन् चुलिँदै गएको भनेको थियो । विदेशी कामदार भित्र्याउन जापान सरकारले सन २०१९ का लागि १६ दशमलव ३ अर्ब जापानी येन बजेट छुट्याएको छ ।

 

प्रकाशित मिति: Mar 25, 2019

प्रतिक्रिया दिनुहोस्