Logo
७ असार २०८२, शनिबार
(March 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेस नेता सिटौलाको स्वास्थ्यमा सुधार, तर अझै केहि दिन अस्पतालमै राखिने

काठमाडौँ : अचानक स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना भएका नेपाली काँग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ ।

नेता सिटौलाको हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेपछि शुक्रबारदेखि आईसीयूमा राखेर उपचार भइरहेको हो । शरीरमा रगतको मात्रा बढाउनका लागि अहिले उनलाई रगत दिइँदैछ ।

नेता सिटौलाको उपचारमा डा। भगवान कोइरालाको टोलीले संलग्न रहेको सिटौलाका स्वकीय सचिव किरण सिटौलाले जानकारी दिए । उनको स्वास्थ्य क्रमिक सुधार भइरहेको भन्दै डाक्टरहरुले अझै दुई तीन दिन अस्पतालमै राख्नु पर्ने सुझाव दिएको किरणले जानकारी दिए ।

प्रकाशित मिति: Mar 23, 2019

प्रतिक्रिया दिनुहोस्