Logo
१७ बैशाख २०८१, सोमबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतद्वारा पाकिस्तानको राष्ट्रिय दिवस कार्यक्रम बहिष्कार

भारतस्थित पाकिस्तानी उच्चायोगम हुने पाकिस्तानको राष्ट्रिय दिवसको कार्यक्रममा कोही पनि भारतीय प्रतिनिधी समावेश नहुने बताइएको छ । भारतीय समाचार एजेन्सीको सूत्र अनुसार पाकिस्तानले जम्मू–कश्मिरको विभागीय नेतालाई पनि बोलाएको भन्दै भारतले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, मिडिया रिपोर्ट अनुसार पाकिस्तानी उच्चायोगले यो वर्ष एक दिन अघि नै ९मार्च २२० मा राष्ट्रिय दिवस मनाउने निर्णय गरेका छन् । हरेक वर्ष २३ मार्चमा यो कार्यक्रम मनाइन्थ्यो । भारतको तर्फबाट कुनै मन्त्री यो कार्यक्रममा समावेश हुन्छन् ।

पाकिस्तानको राष्ट्रिय दिवस कार्यक्रममा संलग्न नहुने निर्णय भारतले पहिलो पटक लिएको हो । गत महिना पुलवामामा भएको चरमपन्थी हमलापछि भारतले पाकिस्तानविरुद्ध कडा व्यवहार अपनाइरहेको छ ।

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्