Logo
६ जेष्ठ २०८१, आईतबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भण्डारी संयोजक भएलगतै राजपा महाधिवेसनको समय सार्ने निर्णय

काठमाडौं : राजपाका नेपालका अध्यक्षहरुले महाधिवेसनको निर्धारित समयलाई केहि समयका लागि सार्ने निर्णय गरेका छन् । शरतसिंह भण्डारीले बुधवार संयोजकको कार्यभार सम्हाले लगतै बसेको अध्यक्ष मण्डलको बैठकले मिति सार्ने निर्णय गरेको हो । तर पार्टीले आधिकारिक रुपमा भने उक्त निर्णय सार्वजनिक गरेको छैन ।

पार्टी श्रोतबाट प्राप्त अतिगोप्य जानकारी अनुसार पार्टीका शिर्ष नेताबीच तोकिएको समयमा महाधिवेसन हुन नसक्ने आँकलन सहित तत्काललाई महाधिवेसनको समय केही पर सार्ने आन्तरिक सहमति भएको हो ।

पार्टीले अगामी बैशाख ७, ८ र ९ गते गर्ने यस अघि निर्णय गरे पनि तयारीको हिसावले धेरै कामहरु बाँकी रहेको हुनाले तत्काल महाधिवेसन हुन नसक्ने निष्कर्ष निकाल्दै पर सार्ने सहमति गरेका हुन ।

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्