देशको हिमाली-पहाडी भेगमा यस्तो देखियो होलीको उल्लास (हेर्नुस् : थरी-थरीका ४९ तस्विर)
- नागरिक टाइम्स/संवाददाता
६ चैत्र २०७५, बुधबार ००:००
काठमाडौं : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
फागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक । तस्वीर : रत्न श्रेष्ठ
फागुु पूर्णिमाको दिन बुधबार भक्तपुर दरवार क्षेत्रमा होली खेलेर रमाउँदै । तस्वीर : नवीन पौडेल
पर्यटन बोर्ड गण्डकीका प्रमुख मणी लामिछाने र नाट्टा गण्डकीका अध्यक्ष सन्तोष पोखरेल होलीको शुभकामना आदानप्रदान गर्दै । तस्वीरः जमुना वर्षा शर्मा, चिप्लेढुङगानेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको होली पर्व विशेष कार्यक्रममा रमाउँदै पर्यटन व्यवसायी । तस्वीरः जमुना वर्षा शर्मा, चिप्लेढुङगाकञ्चनपुरको झलारी बजारका युवाहरु रंगको पर्व होलीमा एक आपसमा रंग दलेर रमाउँदै । तस्वीर: राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुरवीरगन्जमा बुधबार आयोजित होली मिलन समारोह कार्यक्रमा मानव सेवा आश्रम वीरगन्जलाई पाँच लाख रुपैयाँको चेक हस्तान्त्रण गर्दै प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउत गद्दी । तस्वीर : बिजय कुमार महतोवीरगन्जमा बुधबार आयोजित होली मिलन समारोह कार्यक्रमा मानव सेवा आश्रम वीरगन्जलाई पाँच लाख रुपैयाँको चेक हस्तान्त्रण गर्दै प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउत गद्दी । तस्वीर : बिजय कुमार महतो
भक्तपुरको लोकन्थलीमा होलिको अवसरमा लोला हान्न तयारी अवस्थामा बसेका युवा । तस्वीरः चन्द्रकला क्षेत्री, काठमाडौँ
इलाममा होलीको रौनकपूर्वी पहाडी जिल्ला इलाममा होलीको रौनक । इलाम वजारमा भेला भएका होलीको अवसरमा रङ दलेर रमाउँदै । तस्वीर : टीका खतिवडा, (फिक्कल) इलाम
फागु कार्यक्रम : फागु पर्वको अवसरमा नेपाल भाषा मंकाः खलः बागलुङले आयोजना गरेको कार्यक्रम । तस्वीर : रामबहादुर थापा
होलीको उल्लास : फागु (होली) मा रमाउँदै बागलुङका युवा । तस्वीर : रामबहादुर थापा, बागलुङथकाली समुदायको महान चाड तोरन्ल्ह (तेरमी) को अवसरमा बुधबार तनहुँको शुक्लागण्डकी नगरपालिका५ मा रमाइलो गर्दै स्थानीय । तस्वीर : कृष्ण न्यौपाने, दमौली३०० वर्ष पुरानो पागुु गीत गाउँदैनेपाल भाषा मंका खल बागलुङले फागु पूर्णिमा (होली)को अवसरमा ३०० वर्ष पुरानो फागु गीत (राग) गाउँदै । तस्वीरः खेमराज गौतम, गलकोट (बागलुङ)भोजपुर सदरमुकाममा होलीमा रमाउँदै युवा युवती । तस्वीर युवराज विष्ट, भोजपुरभोजपुर सदरमुकाममा होलीमा रमाउँदै युवा युवती । तस्वीर युवराज विष्ट, भोजपुर
मेलमिलाप र सदभावको पर्व फागु पूर्णिमाभक्तपुरको दुवाकोटस्थित बराही इँटाभट्टामा कार्यरत मजदूर बुधबार रङ खेलेर मेलमिलाप र सदभावको पर्व फागु पूर्णिमा मनाउदैँ । तस्वीरः नारायण न्यौपाने