Logo
३१ भाद्र २०८१, सोमबार
(March 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक सहमतिका साथ मुलुकलाई अघि बढाउन सभामुख महराको आग्रह

काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजनीतिक सहमतिका साथ मुलुकलाई अघि बढाउन सरकारलाई आग्रह गरेका छन् ।

सभामुख महराले राजनीतिक अस्थिरता जन्माउने खालका गतिविधि भइरहेकोमा चिन्ता व्यक्त गर्दै मुलुकको समृद्धिमा केन्द्रित हुने गरी राजनीतिक सहमतिका साथ अघि बढन सरकारलाई आग्रह गरेका हुन् । ललितपुर उद्योग वाणिज्य संघको ५२ औं स्थापना दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रमैत्री हुने गरी कानुन निर्माण गर्ने काममा आफूले सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले समाजवाद उन्मुख अर्थमन्त्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारको पनि गम्भिर ध्यानाकर्षण गराए । निजी क्षेत्रले पनि लगानी मैत्री वातावरण निर्माण हुने गरी कानुन बनाउन सरकारसँग छलफल गरेरै अघि बढनुपर्ने सभामुख महराको भनाई छ ।

प्रकाशित मिति: Mar 18, 2019

प्रतिक्रिया दिनुहोस्