Logo
५ श्रावण २०८१, शनिबार
(March 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा प्रतिबन्ध लगाइएको माछा नेपालमा बिकबिकी

भारतमा प्रतिबन्धित माछा नेपालमा खुलेआम बिक्री हुने गरेको छ ।

भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपालगञ्जका बजारमा छ्याप्तछ्याप्ती भेटिन्छन् । भारतबाट आयात हुने माछा नेपालगञ्ज पुग्न छिटोमा पनि १ साता लाग्छ कहिलेकाहीँ १० देखि १२ दिन पनि लाग्ने माछा व्यवसायी बताउँछन् ।

‘फर्मलिन (लामो समयसम्म माछा ताजा राख्न प्रयोग गरिने केमिकल)सहितको माछा आन्धप्रदेशबाट ६ दिनभित्र नेपालगञ्ज आउँछ,’ नेपालगञ्जको हिमालय अर्डर एन्ड सप्लार्यसका सञ्चालक अकिल अहमद भन्छन्, ‘एक दिन आइसमा राखेन भने त्यो कुहिन्छ ।’ नेपालगञ्जमा झन्डै आधा दर्जन थोक माछा सप्लार्यस छन् ।

प्रकाशित मिति: Mar 18, 2019

प्रतिक्रिया दिनुहोस्