Logo
८ जेष्ठ २०८१, मंगलबार
(March 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१८ महिनामा उल्लेखनीय काम गरेको भन्दै नेता खनालले गरे नेपाली सेनाको प्रशंसा

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता झलनाथ खनालले विकास निर्माणको काममा नेपाली सेनाले प्रभावकारी काम गरेको बताएका छन् ।

शुक्रबार संसदको विकास समितिमा काठमाडौं तराई, मधेस स्थलगत अध्ययन तथा अवलोकन भम्रण प्रतिवेदनबारे भएको छलफलमा खनालले बर्षौदेखि अलपत्र परेको आयोजना १८ महिनामा सेनाले उल्लेखनीय काम गरेको बताए । उनले यो आयोजना धेरै महत्वपूर्ण र दुरगामी प्रभाव पार्ने आयोजना रहेको भन्दै दूर्तमार्ग बन्नेमा अब सुनिश्चितता भएको उल्लेख गरे ।

यसअघि बर्षौसम्म पर्खिदा पनि काम नभएको अवस्थामा सेनाले जिम्मेवारी लिएपछि कामको गति बढेको बताउँदै उनले भने–‘नेपाली सेनाले विकासका काम गर्दा धेरै महत्वपूर्ण उपलब्धी हासिल भएको छ । विकासका लागि पश्चिमी, पूर्वीय धेरै मोडेल भएजस्तै सेनाले गर्ने विकास निर्माणको काम नेपालको मौलिक मोडेल बनेको छ । यसले विकास निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ ।’

उनले फास्ट ट्रयाकको काममा डिपिआर तयार भएपछि निर्माण कार्य द्रूतगतिमा अघि बढ्ने बताए । खनालले निर्माण कार्यमा धेरै जटिलता रहेको, स्थानीयका समस्या, वातावरणीय समस्या रहेको बताउँदै ती समस्याहरुको समाधान गर्दै जानुपर्ने बताए । गत पुस ६ र १६ गते दुई चरणमा विकास समितिले फास्ट ट्रयाकको स्थलगत अवलोकन गरेको थियो ।

अवलोकनका क्रममा कूल ७६.२ किमी सडकमध्ये ७० प्रतिशत अर्थात ५४ किमी सडकको कटिङ्ग फिलिङ्गको काम सकिएको जानकारी दिइएको छ ।

प्रकाशित मिति: Mar 15, 2019

प्रतिक्रिया दिनुहोस्