Logo
९ जेष्ठ २०८१, बुधबार
(March 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वसाधारणमा राजनीतिक दलप्रतिको वितृष्णा : मुख्य सडक अवरुद्ध गरेर कार्यक्रम गर्दै राप्रपा

काठमाण्डौं : कमल थापा नेतृत्वको राप्रपाले शुक्रबार काठमाडौको व्यस्त मानिने भृकुटीमण्डमा पुरै सडक कव्जा गरेर आफ्नो कार्यक्रम गर्दैछ ।

राप्रपाले सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय स्वभिमान यात्राको समापन समारोहका लागि सडक नै अवरुद्ध गरेर कार्यक्रम राखेको हो । त्यसका लागि पुतलीसडकको पद्मोदयमोडबाट भृकुटीमण्डपतर्फ आउने तथा पुरानो बसपार्कबाट राष्ट्रियसभा गृह हुदै पुतलीसडकतर्फ जाने सवारी साधनलाई शुक्रबार बिहानैबाट आवतजावतमा निषेध गरिएको छ ।

जनताको अधिकारका लागि भन्दै सडक नै अवरुद्ध गरेर गरिने त्यस्ता कार्यक्रमले सर्वसाधारणलाई पर्ने असरका बारेमा भने सोच्ने गरेको पाइँदैन । जसले गर्दा सर्वसाधारणमा राजनीतिक दलप्रतिको वितृष्णा बढ्दै गएको छ ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सर्वसाधारणलाई पर्ने असरबारे क्षमयाचनासहित भृकुटीमण्डपमा कार्यक्रम गर्न लागिएको बताए । ‘हामीले यसरी कार्यक्रम गर्दा सर्वसाधारणलाई सामान्य असर पर्ने देखेकाले क्षमयाचना पनि मागेका छौ । यसरी क्षमायाचना माग्ने दल राप्रपा मात्रै हो’ प्रचार विभाग प्रमुख श्रेष्ठले भने, ‘ठूला दलहरुले पनि कार्यक्रम गर्दा यही स्थानमा गर्ने गरेकाले हामीले पनि यहीँ रोजेका हौँ ।’

प्रकाशित मिति: Mar 15, 2019

प्रतिक्रिया दिनुहोस्