Logo
२७ असार २०८२, शुक्रबार
(March 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी कार्यालयमा छड्के अनुगमन, १ हजार कर्मचारी कारवाहीका लागि सिफारिस

काठमाडौँ : राष्ट्रिय सतर्कता केन्द्रले १ हजार २ सय ४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ। केन्द्रले २८ जिल्लाका ४ सय ५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा १ हजार २ सय ४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिए।

उनका अनुसार छड्के अनुगमन गर्दा कार्यालय समय पालना नगर्ने ८ सय ९७ र तोकिएको पोशाक नलगाउने ३ सय ४३ कर्मचारीलाई कारवाहीको सिफारिस गरिएको हो। केन्द्रले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई पत्र लेख्दै ती कर्मचारीलाई कारवाही गर्न सिफारिस गरेको हो। केन्द्रले ४ सय ४३ कार्यालयमा रहेका नागरिक बडापत्रको अनुगमन गरेको छ।

केन्द्रले गत आर्थिक वर्षमा ५२ जिल्लामा रहेका कार्यालयमा छड्के अनुगमन गर्दा २ हजार ३ सय ७७ कर्मचारीलाई कारवाहीको लागि सिफारिस गरेको थियो।

प्रकाशित मिति: Mar 13, 2019

प्रतिक्रिया दिनुहोस्