Logo
८ जेष्ठ २०८१, मंगलबार
(March 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेसबुकलाई ह्वाट्स एपजस्तै सुरक्षित बनाउन जुकरबर्गको नौलो योजना

सर्वाधिक चर्चित सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकलाई ह्वाट्स एपजस्तै सुरक्षित बनाउने बताएका छन्। फेसबुकमा भविष्‍यबारे लामो योजना सार्वजनकि गरेका छन्।

जुकरबर्गले आफ्नो फेसबुकमा ‘अ प्राइभेसी फोकस्ड वीजन फोर सोशल नेटवर्किंङ’ राखेका छन् जसमा भनेका छन्, ‘ पछिल्ला दुइ वर्षमा फेसबुकले बुझ्दै र त्‍यसलाई फेस गर्नुका साथै ठूला चुनौतीहरु भोग्दै आइरहेको छ। यसको मतलब भविष्यमा आइपर्ने महत्वपूर्ण कुराहरु भनेको इन्टरनेट नै हो र यो नोटमा मैले खासगरी गोपनियतालाई सुरक्षित राख्‍ने विषयमा सैद्धान्तिक रुपमा खाका कोरिरहेको छु। हुन त मैले धेरै गर्न बाँकी छ र हामी त्‍यसप्रति सामाजिक उत्तरदायित्वका साथ जिम्‍मेवारी लिने र विकास गर्ने योजनामा छौ।’

उनले १५ वर्षको फेसबुक यात्रामा फेसबुक र इन्स्टाग्रामले विश्‍वभरका मानिसहरु आफ्ना साथीहरु, समुदाय र इच्छाएकाहरुसँग भर्चुअल माध्‍यममा जोडिन पाउनु ज्‍याँदै मद्दत गरेको बताएका छन्। साथै केही मानिसहरु व्‍यक्तिगत रुपमा पनि डिजिटल प्लेटफर्ममा जोडिन चाहेको बताएका छन्।

उनले भनेका छन्, ‘म जसरी इन्टरनेटको भविष्‍यको बारेमा सोच्छु, मैले व्‍यक्तिगत गोपनियतालाई पनि आजको दिनमा बढी चासो दिने गर्दछु। किनकी गोपनियताले व्‍यक्तिलाई स्वतन्त्रता दिन्छ र यसले प्राकृति रुपमा बेग्लै अनुभव गराउँछ। हामी त्‍यही सामाजिक नेटवर्क बनाउन चाहन्छौ।’

केही वर्षमै आफूले सामाजिक सञ्जालमा फेसबुकको म्‍यासेन्जर र ह्वाट्स एपलाई मानिसहरुको मुख्‍य सञ्‍चारको माध्‍यम बनेको देखेको जुगरबर्गले बताए। उनले त्‍यहीकारण फेसबुकलाई अझ सशक्त, फास्टर, सिम्पल, अति गोप्‍य र सुरक्षित बनाउन लागि परेको बताएका छन्। साथै उनले अब फेसबुकलाई गोपनियतासहित बढी अन्तरक्रियात्मक तरिकाले साथीभाई, ग्रुप र व्‍यापारका लागि उपयुक्त माध्‍यम बनाउने दाबी गरेका छन्।
ती यस प्रकार छन् :

गोपनियता र सुरक्षा

प्राय मानिसहरु आफ्नो गोप्‍य कुराकानीलाई सुरक्षित राख्न चाहन्छन्। त्‍यसकारण उनीहरु उक्त कुराकानीलाई कुनै ह्‍याकरले, क्रिमिनलले, सरकारी निकायले वा मानिस आफैले सेवा प्रयोगकर्ताले पनि जथाभावी रुपमा दुरुपयोग गर्न नसकोस्।

अहिले चेतना यति धेरै बढेको छ की तपाईको डाटामा अरुले पहुँच राख्‍न सक्‍ने र अश्लील कुराहरु पठाउन सक्छ। जसले तत्कार साइबर अपराधको समस्या झेल्न सक्‍ने स्थितिमा ल्‍याउन सक्छ। यसका साथै सरकारले पनि तत्काल निगरानी गरेर यो पहुँच पुर्‍याउन सक्छ। यही कारणले केही प्रयोगकर्ताहरु यसबाट डराइरहेका छन्। तर अब सुरुदेखि अन्तिमसम्‍म इन्क्रिप्टेड डाटाको विकास गर्नेछौ। यसबाट चाहेको व्‍यक्तिबाहेक अरुले चलाउन सक्‍ने छैनन्।

स्थायित्व कम गर्ने

हामीले प्राय जेमा पनि महत्वपूर्ण भनेर छोटो समयमै झट्ट विश्वास गरिरहेका हुन्छौ। मानिसहरु आफूले सेयर गरेका सूचना, जानकारी तस्बिर वा भिडियोले पछि दुस्ख नदियोस भनेर जान्‍न चाहिरहेका हुन्छन्। साथै उनीहरुले समयको सीमा पनि छोट्याउन चाहिरहेका हुन्छन्। त्‍यसका लागि पनि हामीले उहाँहरुलाई मद्दत गर्ने छौ। त्‍यसलाई हामी आगामाी दिनमा ‘पर्मानेन्स प्रोबलम’ भनेर टुल्स राख्‍ने छौ।

हामीले जति धेरै मात्रामा सन्देशहरु प्राप्त गर्छौ, हामी त्‍यति नै लचकपना अपनाउनेतिर जान्छौ। जस्तो की धेरै मानिसहरु लामो समयदेखि फेसबुक चलाइरहेका छन्, तर उनीहरुको निगरानी अरुले नै गरिरहेका हुन्छन्। यसले कहिलेकाही प्रयोगकर्तालाई अप्ठेरो लाग्‍ने हुन्छ। त्‍यसको लागि हामीले मूल्‍यवानको हिसाबले अर्काइभ गरिदिने छौ। त्यसलाई हामीले नयाँ स्ट्यान्डर्डमा व्‍यक्तिगत सञ्‍चारका लागि अवसर प्रदान गर्ने छौ। साथै उक्त फोटो वा स्टोरीहरु २४ घण्टाभित्र आफै संग्रहित हुनेछन्। यसले प्रयोगकर्तालाई जसरी दिन, मिति र समय फेरिन्छ, त्यसरी नै फेरिएको अनुभव गराइदिनेछ।

Posted by Mark Zuckerberg on Wednesday, March 6, 2019

प्रकाशित मिति: Mar 12, 2019

प्रतिक्रिया दिनुहोस्