Logo
२३ असार २०८२, सोमबार
(March 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आधादर्जन ठाउँमा पुल चर्किएर बांगीयो : जुन बेला पनि भाँचिन सक्ने अवस्था, हेभी गाडी अलपत्र

पोखरा : पोखराको विजयपुर खोलामाथिको मोटरेबल आधादर्जन ठाउँमा पुल चर्किएर बांगीएको छ । पृथ्वीराजमार्ग हुँदै पोखरासँग जोड्ने एक मात्र उक्त पुल भाँचिएपछि १० टन भन्दा हेभी लोड गाडीहरु वारपार हुन पाएका छैनन् ।

‘हामीले पुलको रेलिङहरुमा कलर लाउँदा पुल बांगीएको, भाँचिन लागेको देखेका हौँ,’ सडक कार्यालय कास्कीका हरि पोखरेलले भने, ‘कलर लाउनेहरुले भाँचिन लागेको रहेछ भनेर जानकारी गराएपछि हामीले हेरेर तत्कालै हेभी गाडी रोक्न लगायौँ । पुल जुल बेला पनि भाँचिन सक्ने अवस्थामा छ। कुनै कुनै रेलिङ त भाँचिएको पनि छ।’ २०५९ सालमा निर्माण सुरु भएको उक्त स्टिल ब्रीज २०६४ सालमा मात्रै निर्माण सम्पन्न भएको थियो ।

अहिले सडक डिभिजन कार्यालय पोखराले उक्त पुल मर्मतसँगै खोलाबाटै बैकल्पीक बाटो बनाउने काम पनि अघि बढाएको छ। पुल निर्माण सम्पन्न भएर सवारी आउजाउ गरेको ११ वर्ष नबित्दै जीर्ण बनेको हो। उक्त पुलको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले निरिक्षण गर्दै तत्कालै बैकल्पीक बाटो निर्माण गरेर पुल मर्मतको काम गर्न सम्बन्धीत अधिकारीहरुलाई निर्देशन दिए ।

प्रकाशित मिति: Mar 11, 2019

प्रतिक्रिया दिनुहोस्