Logo
२५ असार २०८२, बुधबार
(March 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यका लागि उत्कृष्ट फलको रुपमा मेवा, थापाईराख्नुहोस् यसबाट हुने फाइदा

सामान्यतया मेवालाई फरक फरक भुगोलमा पाइने तथा भिटामीन ‘ए’ र ‘सी’ को खानी भएको अद्भूत फल भनेर पनि चिन्‍ने गरिन्छ। जसलाई मानिसले एकदमै मिठो मानेर खाने गर्दछन् र जसको सेवनका कारण शरीरमा धेरै फाइदाहरु हुने गर्छ। त्यसैले त मेवाको नियमित सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।

मेवाका खानुका फाइदाहरु :

आँखाको लागि उपयोगी – मेवामा भिटामीन ‘ए’ प्रशस्त पाइने हुँदा यसले आँखाको दृष्टिलाई तेजिलो बनाउन मद्दत गर्दछ ।

रोग प्रतिरोधक क्षमता बढाउने – मेवाले शरिरमा रोग प्रतिरोधक क्षमता बढाउने हुनाले शरिर स्वस्थ पनि रहन्छ ।

क्यान्सरको प्रतिरोध – मेवाका हुने एन्टिअक्सिडेन्ट, फिटोन्यूट्रियन्ट र फ्लाभोनोइड जस्ता तत्वले शरिरको कोषहरुलाई मर्न दिंदैन । जसले गर्दा क्यान्सरको सम्भाबना कम हुन्छ ।

कोलस्ट्रोल घटाउँछ – मेवामा प्रशस्त मात्रामा फाइबर, भिटामिन ‘ए’ ‘सी’ र एन्टिअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरिरमा भएको कोलस्ट्रोल नष्ट गर्ने काम गर्दछ ।

तौल घटाउन मद्दत गर्छ – शरिरको तौल बढेर हैरान भएका व्यक्तिहरुका लागि मेवाले तौल घटाउन केही हदसम्म सहयोग गर्दछ । यसमा भएको फाइबर तत्वले ट्वाइलेट जाँदा पेट सफा बनाउने भएकाले तौल घटाउन केही हदसम्म मेवाले सहयोग गर्दछ ।

मधुमेह रोगीलाई फाइदा – मेवा सेवन गर्दा गुलियोको तिर्सना पनि मेटिने तथा यसमा सुगरको मात्रा अति न्यून हुनाले मधुमेह रोगीलाई मेवा अत्यन्त्यै उपयोगी हुन्छ।

पाचन शक्ति बलियो – मेवाको नियमित सेवन गर्नाले हाम्रो पाचन क्रियामा सक्रिय हुने वा यसमा रहेको फाइबर तत्वले पाचन क्रियालाई सहज बनाउन मद्दत गर्दछ ।

प्रकाशित मिति: Mar 11, 2019

प्रतिक्रिया दिनुहोस्