Logo
१७ बैशाख २०८१, सोमबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउतसँग भएकोे सम्झौताबारे संसदमा गृहमन्त्रीले के-के भने ? (जस्ताको त्यस्तै भिडियो)

राउतसँगको सम्झौता राष्ट्रिय अखण्डताको रक्षामा महत्त्वपूर्ण उपलब्धी

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले स्वतन्त्र मधेस गठबन्धनसँग गरिएको सम्झौताले राष्ट्रिय अखण्डतामा महत्त्वपूर्ण उपलब्धी भएको बताएका छन् । उनले राज्य र गठबन्धनमध्ये कसैले पनि आत्मसमर्पण नगरेको दाबी गरे ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदहरुले राउत नेतृत्वको गठबन्धनसँग गरिएको सम्झौतामाथि उठाएका आशंकको जवाफ दिँदै गृहमन्त्री बादलले सम्झौता राष्ट्रघाती नभएको बताएका छन् ।

‘स्पष्ट कुरालाई अस्पष्ट पार्ने प्रयास भएको छ। यसबाट सरकार आश्चर्यचकित भएको छ’, बादलले भने । बादलले समूहले स्वतन्त्र मधेसको स्थापना गर्ने लक्ष्यलाई परित्याग गरेको बताए । यो राज्य र संविधानले मधेसलाई आन्तरिक उपनिवेश नबनाएको गृहमन्त्री बादलले बताए ।

प्रतिक्रिया दिनुहोस्