Logo
१९ जेष्ठ २०८१, शनिबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बस चेकजाँच गर्दा भेटियो एक सय पाँच किलो चरेश, ३ जना पक्राउ

काठमाडौँ : धादिङमा एक सय पाँच किलो चरेशसहित तीन जना पक्राउ परेका छन् ।

काठमाडौँबाट वीरगञ्ज गइरहेको ना ५ ख २८१२ नम्बरको बसमा चेकजाँच गर्दा उक्त परिमाणको चरेश बदामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका-८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला कर्मैयामाई गाउँपालिका-७ का ३५ वर्षीय अनिल चौधरी र विन्दबासिनी गाउँपालिका-३ का श्रीराम साह कानु रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालयको टोलीले गजुरीस्थित पृथ्वीराजमार्गमा जाँचको क्रममा पक्राउ गरेको थियो ।

यात्रु नभएको बसमा धादिङको पोखरेखोलाबाट सो अवैध प्रतिबन्धित लागुऔषध गाडीमा हालेर ल्याइएको थियो । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्