Logo
२५ बैशाख २०८१, मंगलबार
(March 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीके राउत र सरकारबीचको सम्झौता ‘ब्रेक थ्रु, भएको सहमति असाधारण उपलब्धि

नेकपाका नेता भीम रावलले सीके राउत र सरकारबीचको सम्झौता बारे सार्वजनिक रुपमै शंका व्यक्त गरिरहेका बेला उक्त सम्झौताले नेपाली राजनीतिमा ‘ब्रेक थ्रु’ भएको उपप्रधान तथा रक्षा मन्त्री तथा नेकपा नेता इश्वर पोखरेलले बताएका छन्।

उनले सीके राउत र सरकारबीच भएको सम्झौताका बारेमा कस्ले के भन्छ भन्नु भन्दा पनि प्रस्तावमा के छ भनेर बुझ्न जरुरी रहेको बताए।उनले मुलुकको भौगोलिक अखण्डतामाथि आँच पुग्ने कुरा कसैले गरे उसलाई त्यतिकै नछाड्ने बताए।

उनले अहिले तीन तहको सरकार भएको भन्दै सरकारले गर्ने काम र स्थानीय तहले गर्ने काम छुट्टा छुट्टै भएको बताए। कानुनमा कोही सानो ठूलो नहुने भन्दै स्थानीय तहले गनुपर्ने कामहरुमा त्रुटि आएमा सरकारले सुधार्न दबाब दिने जानकारी दिए।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सहमतिमा आउन आह्वान गरेका छन्।

बुटवलमा जीवराज आश्रित प्रतिष्ठानले गरेको कार्यक्रममा बोल्दै उनले सहमतिमा नआएमा संवैधानिक प्रक्रियाअनुसार सरकारले प्रक्रिया अघि बढाउने बताए।

‘देशमा शान्तिलाई खलबल्याउने प्रयासहरु भएका छन्, उनले चेतावनीको भाषामा भने-सहमतिकै आधारमा संवादका माध्यमबाट शान्ति स्थापना गर्ने सरकारको दायित्व हो, यदि त्यसो हुन सकेन भने संवैधानिक प्रक्रियाबाट के हुन्छ त्यसैअनुसार सरकार अघि बढ्छ, बढ्नुपर्छ।’

उनले स्वतन्त्र मधेश गठबन्धनको अभियान चलाईरहेका सिके राउतसँग भएको सहमतिलाई असाधारण उपलब्धि भनेका छन्। ‘जसले देशलाई नै विखण्डन गर्छु भन्दै हिडेको थियो, उनले भने-उसैलाई नेपालको संविधान स्वीकार गरेर अखण्ड नेपाल स्वीकार्ने गरी सहमतिमा ल्याउनु सामान्य कुरा होइन।’

उनले सहमतिलाई अन्यथा व्याख्या गरिरहेकाहरुलाई आश्चर्यमा नपर्न र अप व्‍याख्या नगर्न आग्रह गरे।‘यो मात्रै होईन, अरु पनि हेर्दैजानुस् अरु धेरै आश्चर्य हुने सहमतिहरु हुन्छन्, नेपालको अखण्डतालाई कायम राख्नका लागि यो सरकारले कुनै काम बाँकी राख्दैन।’

प्रकाशित मिति: Mar 9, 2019

प्रतिक्रिया दिनुहोस्