प्रदेश २ मा नेकपाको आमसभा : प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको सम्बोधन
रौतहट : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले एकता घोषणासभा प्रदेश नम्बर २ बाट शुरु गरेको छ । रौतहटको गरुडामा शनिबार सभा आयोजना गरिएको हो ।
सभामा सम्बोधन गर्न प्रधानमन्त्री केपी ओली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गरुडा पुगिसक्नु भएको छ । सभा केहीबेरमा शुरु हुने आयोजकले जनाएका छन् ।
गत जेठ ३ पार्टी एकता भएपछि नेकपाले पहिलो सभा रौतहटको गरुडामा आयोजना गरेको हो ।
सभामा दुई नम्बर प्रदेशका सबै जिल्लाबाट झण्डै एक लाख उतार्ने तयारी भएको नेकपा प्रदेश दुईका अध्यक्ष प्रभु शाहले बताउनुभयो ।
अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रमको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तस्बिर सौजन्य : चेतन अधिकारी, प्रधानमन्त्रीका प्रेस संयोजक