Logo
३१ असार २०८१, आईतबार
(March 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक छोरा र एक छोरीका आमा लक्ष्मी जोशीसँग कांग्रेस सांसद अमरेशकुमारले गरे दोस्रो बिहे

काठमाडौं: नेपाली कांग्रेसका नेता एवं सांसद डाक्टर अमरेशकुमार सिंहले दोस्रो बिहे गरेका छन्। त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग आज बंगलामुखी मन्दिरमा विवाह भएको हो।

सर्लाहीबाट चुनाव जित्दै आएका सांसद सिंह यसअघि झापाकी एक युवतीसँग २०६४ सालमा विवाह गरेका थिए भने २०६७ सालमा डिभोर्स भएको थियो।

भारतको कुमायू विश्वविद्यालयबाट पढेकी जोशीको पहिलो विवाह महेन्द्रनगरमा भएको थियो। पीएचडीका लागि काठमाडौंमा बस्दै आएकी जोशीको श्रीमान विरामी भएपछि गाउँमै बस्दै आएका छन्।

यस अघि कानूनी रूपमा सम्बन्ध बिच्छेद गरिसकेकी लक्ष्मी र अमरेशसिंहबीच केही वर्षअघि चिनजान भएको थियो । स्रोतका अनुसार जोशी केही वर्षदेखि काठमाडौंमा एक छोरा र एक छोरीका साथ बस्दै आएकी थिइन्।

फोटो सौजन्य : घटना र विचार

प्रकाशित मिति: Mar 9, 2019

प्रतिक्रिया दिनुहोस्