Logo
१९ बैशाख २०८१, बुधबार
(March 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपाले समर्थन लिए फिर्ता लिएपछि, प्रधानमन्त्री ओलीको आयो यस्तो टिप्पणी

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी नेपालले आवेश र उत्त्तेजनामा आएर समर्थन फिर्ता लिएको बताएका छन् । राजपाले आफ्ना सांसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय तोकेपछि बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

शुक्रबार काठमाडौँमा आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अदालतबाट भएको फैसालाको रिस सरकारमाथि पोख्नु राम्रो नभएको बताएका हुन् ।

‘मैले अस्तिका दुई घटना देखेँ । अदालतले एउटा मुद्दाको फैसला गर्यो । राज्यको अंग हो अदालत । तर सरकारको अंग होइन । सरकारले अदालतलाई निर्देशन गर्न मिल्दैन । अदालतले न्याय कानुन सम्मत गर्ने हो । घटना आदि इत्यादिलाई हेरेर । अदालतले एउटा फैसला गर्यो,’ उनले भने, ‘एउटा राजनीतिक पार्टीले बहुत उत्खनन् गरेर तिलका दाना पनि टिपेको छ, तोरीका दाना पनि टिपेको छ, मकैका दाना पनि टिपेको छ । त्यान्दा तुन्द्री जोडेर सरकारविरुद्ध अभियोग तयार गरेर समर्थन फिर्ता लिने निर्णय गरेँ ।’

प्रधानमन्त्री ओलीले अदालतलाई सरकारले निर्देशन दिन नमिल्ने भन्दै अदालतको रिस सरकारमाथि पोखिनु ठिक नभएको तर्क गरे । उने भने, ‘अदालतको फैसला बेग्लै कुरा हो । सरकारको काम बेग्लै कुरा हो । अदालतले फैसला गर्यो । चितोर्ने सरकारलाई । म कसै साथीहरुलाई पनि आवेग र उत्तेजनामा नआउन आग्रह गर्छु । आवेग उत्तेजनाको राजनीति पनि नगरौँ । अन्यतिर अनेकता र फाटोतिर नजाउँ ।’

साथै सिके राउत खुला राजनीतिमा आएर देश निर्माणमा सरिक भएको भन्दै प्रधानमन्त्री ओलीले आजबाट देश टुक्र्याउने भन्ने कुरा समाप्त भएको दाबी गरे । ‘आज बिहान म रेडियो सुन्दै थिए । मधेसमा पृथकतावादीलाई, देश टुक्र्याउँछु भन्नेलाई छोड्ने रु अरुलाई समातेर थुन्ने भनेर उर्फिदै हुनुहन्थ्यो उहाँहरु । आजबाट देश टुक्र्याउने भन्ने कुरा आजबाट समाप्त भयो । सिके राउत देखाएर स्वार्थका रोटी सेक्नेका रोटी काँचै रहने भए,’ उनको भनाई थियो ।

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्