Logo
१८ बैशाख २०८१, मंगलबार
(March 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीके राउतको रुपान्तरण र सरकारसँगको सम्झौतालाई कांग्रेसको स्वागत

काठमाडौं : सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच आज भएको ११ बुँदे सहमतिलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज ट्विट गर्दैै गठबन्धनका सीके राउतको रुपान्तरण र सरकारसँगको सम्झौताको स्वागत गरेका हुन् ।

प्रवक्ता शर्माको ट्विटमा भनिएको छ- ‘सिके राउतको रुपान्तरण र सम्झौतालाई हार्दिक स्वागत: नेपालको अखण्डताको जगमा आन्तरिक विमतिहरुको शान्तिपूर्ण हल खोज्ने राष्ट्रिय प्रयत्न जायज । अनेक रंगको अतिवादबाट विगतदेखिनै क्रमशः मुक्ति हासिल गरिरहेको देशलाई ‘सबैको र समृद्ध’ बनाउने तीन मन्त्र अहिंसा, सद्भाव र सहकार्य! प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा राष्ट्रिय सभागृहमा गृहमन्त्री भएको कार्यक्रममा रामबहादुर थापा र सीके राउतबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

 

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्