Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लवदेखि प्रधानमन्त्रीे आक्रोसित : जनतालाई लुटेर हिँड्ने अनि नाम चाहीँ कम्युनिष्ट पार्टी राख्ने ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नाम लुटेरा समूह हुनुपर्ने बताएका छन् ।

अलग मधेश गठबन्धनका संयोजक सिके राउतसँगको ११ बुदे सहमती सार्वजनिक कार्यक्रममा बोल्दै आज प्रधानमन्त्री ओलीले भने,’ चन्दाको नाममा जनतालाई लुटेर हिँड्ने अनि नाम चाहीँ कम्युनिष्ट पार्टी राख्ने ?

लुट्नकै लागि जन्मिएकाले नेकपा भन्ने फाल । आफुले पनि आफ्नो पार्टीको नाम नेकपा भन्नुपर्ने भएकाले लाज लाग्छ’, प्रधानमन्त्री ओलीले भने । उनले विप्लवलाई सिके राउत जसरी शान्ती र राष्ट्रिय एकताको बाटोमा आउन आग्रह गरे।‘ म उहाँ(विप्लव)लाई त्यो बाटो छाड्न आग्रह गर्छु । नत्र पनि शान्त्री सुरक्षा कायम राख्न सरकार आवश्यक कदम चाल्न तयार छ’, ओलीले भने। आफ्नो आग्रहलाई जनताको इच्छा भन्दै जनतामाथी थोपर्ने कार्य बन्द गर्न आग्रह गरे।

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्