Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको कार्यशैलीप्रति नेता नेपालको असन्तुष्टि, पार्टीलाई अघि बढाउन नचाहेको आरोप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गरेका छन् । वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीप्रति संकेत गर्दै पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नखोज्दा दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम अझै टुंगो लाग्न नसकेको दाबी पनि गरे ।

उनले पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच कुनै समस्या नभएपनि पार्टीलाई विधि र प्रक्रिया अनुसार अघि बढाउन नचाहादा पार्टीको सांगठनिक एकीकरणको काममा ढिलाई भईरहेको पनि बताए । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिएकोमा पनि आपत्ति जनाए ।

वरिष्ठ नेता नेपालले आफूले अनेकौ पटक भन्दापनि पार्टीको राजनीतिक प्रतिवेदन अझै नछापिनु बिडम्बनापूर्ण भएको पनि बताए । उनले ठूलो पार्टी चलाउन विधि र प्रक्रिया चाहिने भएपनि पार्टी नेतृत्वले ‘एस म्यान’को खोजी गर्दा संगठन एकीकरणको काम अझै टुंगो लगाउन नसकिएको दावी पनि गरे । पार्टीलाई विधिसम्मत ढंगले अघि बढाए दुई पार्टीबीचको सांगठानिक एकीकरणको काम एक महिना भित्रै सम्पन्न हुने वरिष्ठ नेता नेपालको भनाइ छ।

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्