Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आपराधिक गतिविधि कार्य गर्नेलाई नछोडने, अदालतको फैसला सबैले स्वीकार गर्नु पर्छ

विराटनगर : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्टीको भनाइ उचित होइन भन्दै कानून सबैले इमान्दारीका साथ परिपालना गर्नुपर्ने उल्लेख गरे ।

उनले मुलुकका तीन वटै तहका सरकारको अधिकार संविधानले सुनिश्चित गरिसकेको स्पष्ट पार्दै सरकारले आफ्नो अधिकारलाई कार्यान्वयन गर्न कानून निर्माण गरिरहेको बताए ।

मुलुकमा तीव्रगतिमा विकास हुने कार्यको आधार निर्माण भइसकेको बताउँदै उपप्रधानमन्त्री पोखरेलले आपराधिक गतिविधि गर्नेलाई सरकारले नियन्त्रण गर्ने बताए ।

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्