Logo
२० बैशाख २०८१, बिहीबार
(March 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्ना नेता कार्यकर्ताका रिहाइको माग गर्दै विप्लवले पारे रुकुम ठप्प

रुकुम : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको राप्ती बन्दका कारण रुकुम पश्चिम ठप्प भएको छ । गिरफ्तारमा परेका नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेतृत्वको नेकपा राप्ती ब्यूरोले बिहीबार एकदिने बन्दको आह्वान गरेको हो ।

बन्दका कारण रुकुम पश्चिम सदरमुकाम मुसिकोटसहितका आसपासका मुख्य बजार बन्द गरेका छन् । त्यस्तै, रुकुमबाट बाहिरिने तथा रुकुम प्रवेश गर्ने यातायात ठप्प भएका छन् । जसका कारण यात्रुहरूलाई गन्तब्यमा पुग्न अफ्ठेरो भएको छ ।

शैक्षिक संस्था, कलकारखाना पुर्ण रुपमा बन्द रहेका छन् । राप्ती ब्यूरो इञ्चार्ज सुवासले जारी गरेको विज्ञप्तिमा संगठन सुदृढ तथा विस्तार अभियान जुटिरहेको बेला देशैभरि र राप्तीका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा गिरफ्तार, धरपकड, कुटपिट गरिएको भन्दै विरोध गरिएको छ ।

प्रकाशित मिति: Mar 7, 2019

प्रतिक्रिया दिनुहोस्