Logo
२६ जेष्ठ २०८२, आईतबार
(March 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनगढीबाट व्यापारीको अपहरण, भारतीय नम्बरबाट फिरौती माग

कैलाली :  धनगढीका एक व्यापारीको अपहरण भएको छ। बुधबार राति धनगढीस्थित आरम्भ फेन्सी स्टोरका सञ्चालक जगतबहादुर सिंहको अपहरण भएको हो।

भारतीय नम्बरबाट सिंहका परिवारलाई फोन गरि १५ लाख रुपैयाँ माग गरेको स्रोतले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले भने यस विषयमा औपचारिक जानकारी दिएको छैन। घटनाको सूचना पाएलगत्तै प्रहरीको एक टोली परिचालन गरिएको स्रोतले बतायो।

प्रकाशित मिति: Mar 7, 2019

प्रतिक्रिया दिनुहोस्