Logo
३ श्रावण २०८१, बिहीबार
(March 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिटिजन्स बैंकको ‘सिटिजन्स विशेष बचत खाता’,योजना सार्वजनिक

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ योजना सार्वजनिक गरेको छ । यस योजना मार्फत ग्राहकहरूले आकर्षक ब्याजका साथसाथै बीमा सुविधा पनि प्राप्त गर्न सक्नेछन् । १०० मै खाता खोल्न मिल्ने ‘सिटिजन्स विशेष बचत खाता’ कर्मचारीहरूको तलब खाताका लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ ।

दैनिक मौज्दातमा वार्षिक ६.२५५ ब्याजदर प्रदान गरिने यस योजनाबाट ग्राहकहरुले आकर्षक ब्याजदर प्राप्त गर्नुका साथसाथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभ समेत प्राप्त गर्न सक्ने जानकारी बैंकले दिएको छ । यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति १ लाख सम्मको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) ७ लाख सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ ।

औसत मौज्दात रकमको चार गुणासम्मको हुन आउने रकमको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराउने कुरा बैंकले जानकारी दिएको छ । उत्कृष्ट सेवा प्रदान गर्ने हेतुले बैंकले यस योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागी विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ ।

प्रकाशित मिति: Mar 7, 2019

प्रतिक्रिया दिनुहोस्