Logo
२६ असार २०८२, बिहीबार
(March 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१६ औँ वर्षगाँठको अवसरमा रंगशाला निर्माणका लागि काँग्रेस प्रवक्ता शर्माको सहयोग

काठमाडौं : ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग देश तथा विदेशबाट जुटिरहेको छ । उक्त रंगसाला निर्माणका लागि नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले पनि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

श्रीमति कविता शर्मासँग विवाह भएको १६ औं वर्षको अवसर पारेर उनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ९धुर्मुस०लाई सहयोग हस्तान्तरण गरेका हुन् । विवाह भएको १६ औँ वर्षगाँठमा उनले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपैँया नै सहयोग गरेका छन् ।

सहयोग हस्तान्तरण गर्दै उनले यस्तै अवसरमा हुने खर्चको जोहो गरेर सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्र्तराष्ट्रियस्तरको रंगशाला निर्माण हुने विश्वास व्यक्त गरे । प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभुत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै उनले रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आव्हान पनि गरेका छन् ।

प्रकाशित मिति: Mar 7, 2019

प्रतिक्रिया दिनुहोस्