Logo
२२ असार २०८२, आईतबार
(March 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन गायब छन् कपिल शर्मा शोबाट ‘चन्दू चायवाला’

कपिल शर्माको शोमा चन्दू चायवालाको भूमिका निभाउने चन्दन प्रभाकर दोस्रो सिजनमा देखिएका छैनन् । यसै कारण उनको अनुपस्थितीमा चन्दनका थुप्रै प्रशंसकले चासो व्यक्त गरिरहेका छन् ।

हालै महाशिवरात्रीको अवसरमा जब चन्दनले सोसल मिडियामा आफ्ना प्रशंसकका लागि पोष्ट गर्दा धेरैले उनलाई कपिल शर्माको शोमा कहिले फिर्ता हुने भनेर प्रश्न सोध्न थाले । उनको इन्स्टाग्राम प्रोफाइलमा एउटा कमेन्ट थियो, ‘ह्याप्पी महाशिवरात्री चन्दन जी । तपाईं एक लेजेन्ड हुनुहुन्छ । तपाईं जस्तो हुनुहुन्छ, हामीलाई त्यही नै मनपर्छ । तपाईंको मुस्कानले हामीलाई खुसी दिन्छ र तपाईं हामीलाई धेरै हँसाउनुहुन्छ । प्लिज तपाईं कपिल शर्मा शोमा फिर्ता हुनुहोस् किनभने हामी तपाईंलाई धेरै नै मिस गरिरहेका छौं । हामी सबै तपाईंलाई धेरै मन पराउँछौं ।’

धेरैले उनको अनुपस्थितीमा प्रश्न गरिरहेका थिए, त्यसकारण उनले यसबारे मुख खोलेका छन् । उनले एक प्रशंसकको कमेन्टको जवाफ दिँदै भने, ‘हेलो एकता । तपाईंको प्रेमको लागि धन्यवाद । म कुनै पनि एपिसोडलाई जानीजानी छोडिरहेको छैन । तर सायद मेरो भूमिकाले त्यस्तो विशेष प्रभाव पार्न सकिरहेको छैन त्यसकारण उनीहरु मलाई एपिसोडमा लिइरहेका छैनन् । तपाईंलाई मेरो तर्फबाट धेरै माया र शुभकामना ।’

कपिल शर्माको कार्यक्रमले टिआरपी रेटिङमा निकै राम्रो प्रदर्शन गरिरहेको छ । पहिलो सिजनमा आफ्नो कमेडीले मानिसहरुको मन जित्ने सुनिल ग्रोवरले सायद यो कार्यक्रममा फिर्ता हुनसक्छन् । तर यसबारे अहिले नै केही आधिकारिक बयान सार्वजनिक भएको छैन ।

प्रकाशित मिति: Mar 7, 2019

प्रतिक्रिया दिनुहोस्