Logo
३ जेष्ठ २०८२, शुक्रबार
(March 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बढ्दो अवैध धन्दा : दुई किलो सुनसहित दुईजना पक्राउमा

कैलाली :  कैलालीको चिसापानीमा २ किलो ३ सय ग्राम सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

चिसापानीमा चेकजाँचका क्रममा बुधबार राति २ किलो ३ सय ग्राम सुनसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए। पक्राउ परेका ब्यक्तिको नाम भने प्रहरीले सार्बजनिक गरेको छैन् ।

‘सुनसहित केही ब्यक्ति पक्राउ परेका छन्,’ प्रहरी उपरीक्षक तिम्सिनाले भने, ‘केही बेर पछि पत्रकार सम्मेलन मार्फत हामी जानकारी दिन्छौं।’ यस अघि फागुन २ मा कैलालीसँग सिमा जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिका-२ दशरथ बस्तीबाट १८ किलो सुनसहित २ जनालाई पक्राउ गरेको थियो। त्यसको एक दिन पछि कञ्चनपुरकै शुक्लाफाटा नगरपालिका-११ झलारीबाट ५ किलो ६ सय ग्राम सुन प्रहरीले बरामद गरेको थियो।

प्रकाशित मिति: Mar 7, 2019

प्रतिक्रिया दिनुहोस्