Logo
३ असार २०८२, मंगलबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कंगनाले पोखिन् रणबीर-आलियामाथि यसरी आक्रोस

बलिउडमा लेडी दबंगको रुपमा चर्चित छिन् नायिका कंगना रनावत । आफनो बेवाक बोल्ने शैलीको कारण आलोचना समेत खेप्दै आएकी कंगना पछिल्लो समय मनिकर्णिका फिल्मका कारण चर्चामा आईन् ।

फिल्ममा उनले गरेको कामको प्रशंसा चौतर्फी भयो भने फिल्ममा उनले निर्देशनसमेत गरेकीछिन् । फिल्मले १०० करोड कलेक्सन गरिसकेको छ यस्तोमा उनको खुसीको ठेगाना छैन तर आफनो फिल्मलाई बलिउडकर्मीहरुबाट साथ नपाएको भने उनको गुनासो छ । हरेक कलाकारहरुले आफनो फिल्मको बेला आफुलाई सम्झिने गरेको तर मनिकर्णिकाको बारेमा कसैले पनि साथ र समर्थन नगरेको उनको दुखेसो थियो ।

यही बिषयलाई लिएर पनि उनले धेरै नायक नायिकाहरुमाथि आक्रोस पोखिसकेकीछिन् जसमा आलिया भट्ट पनि पर्छिन् । हिजोमात्र कंगना फेरी आलिया माथि खनिएकीछिन् । कंगना आलियासंग मात्र होईन रणबीर कपुरमाथि पनि बर्सिएकीछिन् । फिल्मको सक्सेस पार्टीमा आयोजित पत्रकार सम्मेलनमा आफनो राजनितीमा प्रबेशको प्रश्नमा उनले यी दुई कलाकारलाई मुछेकी हुन् । कलाकार भएको कारण देशका र जनताको बारेमा बोल्नु पर्ने भन्दै उनले देशमा देखिएका विकृती र बिसंगतीको बारेमा बोल्नु पर्ने बताईन् । आलिया र रणवीरले राजनितीमा बोल्न नचाहेको भन्दै उनले आक्रोस व्यक्त गरिन् ।

उनले भनिन् “रणबीरले एउटा कार्यक्रममा मेरो घरमा बिजुली , पानी आईराख्छ म किन राजनितीको बारेमा बोलु भने  ?यस्तो पनि बोल्ने कुरा हो ? जनताको मर्कामा नबोल्ने कलाकार अरुका लागि कसरी रोल मोडल बन्न सक्छ र ? देशमा भ्रष्टचार , गरिबी र सिमामा जनताहरु मरिरहेको बेला अरुले कसरी भन्न सक्छ मलाई राजनितीको बारेमा नसोध्नुस भनेर ?”

आलियाले समेत देशको राजनितीको बारेमा बोल्न नखोजेको भन्दै आलोचना गरिन् ।  यसअघि पनि कंगनाले आलियामाथि आफनो फिल्मको प्रमोसनमा चाही साथ मागेको तर मनिकर्णिको बारेमा भने एक शब्द पनि नबोलेको भन्दै आक्रोस व्यक्त गरेकी थिईन् ।

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्