Logo
३ श्रावण २०८१, बिहीबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व राजा ज्ञानेन्द्र शाहले गर्ने भनिएको प्रदेश २ केन्द्रित जिल्लाहरुको भ्रमण स्थगित

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाहले प्रदेश २ केन्द्रित मध्य तराईका बिभिन्न जिल्लाहरुको भ्रमण तत्कालका स्थगित गरेका छन् ।

केही समयदेखि प्रदेश १ स्थित झापाको दमकमा रहेका पूर्व राजा ज्ञानेन्द्र बुधबार काठमाडौँ फर्किने उनको निजी सचिवालयले जनाएको छ । पूर्व राजा ज्ञानेन्द्रले यो हप्ता तराईका धनुषा, सर्लाही, उदयपुर र सप्तरी जिल्लाको भ्रमण गर्ने कार्यक्रम थियो ।

पूर्व बडामहरानी रत्नराज्यलक्ष्मीदेवी शाह बिरामी परेपछि ज्ञानेन्द्र आफ्नो निर्धारित भ्रमण तत्कालका लागि स्थगित गरेर काठमाडौँ आउन लागेका हुन् ।

तर माता रत्न छातीमा समस्या देखिएर मंगलबार नर्भिक अस्पताल भर्ना भएपछि उनी फर्किन लागेका हुन् । भ्रमणको मिति र समय पछि निर्धारण गरिने उनको निजी सचिवालयले जनाएको छ ।

#फाइल तस्बिर

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्