Logo
९ श्रावण २०८१, बुधबार
(March 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टीकापुर घटनाको आज फैसला हुँदै : रेशम चौधरी, लक्ष्मण थारुहरु रिहा होलान् ?


काठमाडौँ : थरुहट आन्दोलनका क्रममा प्रहरी वरिष्ठ उपरीक्षकसहित आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरि भएको टीकापुर घटनाको फैसला आज (बुधबार) हुने भएको छ ।

उक्त हत्याकाण्डकोको अभियुक्तका रुपमा सांसद रेशम चौधरी, नेता लक्ष्मण थारु, लाहुराम चौधरीसहित २७ जना हाल पुर्पक्षको लागि थुनामा छन् भने बाँकी फरार छन्।

टीकापुर घटनाको अभियोगमा प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी अन्तर्गत मुद्दा दायर छ।

टीकापुर घटनाको मुद्दामा मंगलबार नै बहस सकिएकोले बुधबार फैसला हुन सक्ने सम्भावना रहेको कैलाली जिल्ला अदालतका श्रेष्तेदार इन्द्र कठायतले जानकारी दिए ।

तर इजलासले थप केही बुझ्न आवश्यक ठानेमा भने बुधबार नै फैसला नहुन सक्छ । श्रेष्तेदार कठायतले इजलासले थप नयाँ कुरा बुझ्नुपर्ने अवस्थामा बाहेक फैसला नरोकिने बताए । झण्डै एक हप्ता वादी र प्रतिवादीका कानुन व्यवसायीबीच बहस भएको थियो ।

 

 

प्रकाशित मिति: Mar 6, 2019

प्रतिक्रिया दिनुहोस्