स्वर्गीय राजा महेन्द्रकी श्रीमती अर्थात पूर्व मुमाबडामहारानी नर्भिक अस्पताल भर्ना
काठमाडौँ : राजतन्त्र समाप्त भएपनि नारायणहिटी राजदरबारमै बस्दे आएकी पूर्व-बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहलाई छातीमा असजिलो भएपछि मंगलबार नर्भिक अस्पताल भर्ना गरिएको छ ।
स्वर्गीय राजा महेन्द्रकी श्रीमती रत्न राज्यलक्ष्मीदेवी उनका छोरा राजा ज्ञानेन्द्र शाहको बहिर्गमनपछि पनि नारायणहिटी राजदरबारस्थित महेन्द्र मञ्जिलमै बस्दै आएकी छन् ।