Logo
१ श्रावण २०८१, मंगलबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमिशन अन द स्टाटस अफ उमेनको ६३ औं सेसनमा भाग लिन राष्ट्रपति अमेरिका जाने तयारीमा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जाने भएकी छिन् । राष्ट्रपति भण्डारी कमिशन अन द स्टाटस अफ उमेनको ६३ औं सेसनमा भाग लिन आगामी फागुन २६ गते अमेरिकाको न्यूर्योक जान लागेकी हु्न् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी राष्ट्रपति भण्डारीको भ्रमणबारे जानकारी गराएका हुन् । भ्रमण दलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्कीलगायत सहभागी हुने उनले जानकारी दिए ।

उक्त सेसनलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ । मार्च ११ देखि २२ सम्म न्यूयोर्कमा सो कार्यक्रम आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो जेनेभा भ्रमणका क्रममा संयुक्त राष्ट्र संघले नेपालको संक्रमणकालीन न्याय निरुपणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि जानकारी दिए ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्