Logo
५ जेष्ठ २०८१, शनिबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एयरपोर्टमा थप्पड हानेर भाग्ने प्रशंसकमाथि ‘बाहुबली’को यस्तो प्रतिक्रिया

बाहुबली फेम प्रभास आजकाल आफ्नो अर्को फिल्म ‘साहो’ को सुटिङ मा व्यस्त छन् । बाहुबली रिलिज भएको दुई वर्ष बितिसकेको छ । त्यसपछि प्रभासको कुनै फिल्म रिलिज भएको छैन । तर पनि प्रभास मानिसहरुमाझ निकै चर्चित छन् ।

प्रभासलाई हालै एयरपोर्टमा देखिएको थियो । उनलाई एयरपोर्टमा देखेर उत्साहित भएकी एक प्रशंसक उनलाई थप्पड नै हानेकी छिन् – तर हल्का तरिकाले । वास्तवमा, ती प्रशंसकले एयरपोर्टमा प्रभासलाई रोकिन् र उनीसँग तस्बिर खिचाइन् । ती प्रशंसक निकै उत्साहित देखिएकी थिइन् । फोटो खिचाएपछि ती प्रशंसकले प्रभासलाई गालमा हल्का तरिकाले थप्पड हानिन् ।

त्यसपछि उनले आफ्नो गाला सुम्सुम्याउँदै अर्का प्रशंसकसँग फोटो खिचाउन थाले । प्रभास र उनकी चुलबुले प्रशंसकको भिडियो भारतीय सोसल मिडियामा पनि निकै चर्चित भइरहेको छ । स्मरण रहोस्, प्रभासलाई ६ हजार विवाह अफर आएको थियो तर उनी अहिले आफ्नो करियरमा केन्द्रीत हुन चाहेको बताए ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्