Logo
२७ असार २०८२, शुक्रबार
(March 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सैनिक जवानद्वारा आफैलाई गोली हानी आत्महत्या, कारण यस्तो

कञ्चनपुर : कञ्चनपुरको २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका एक जवानले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् ।

सैनिक जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका हुन् । उनले ब्यारेकभित्रै गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ । खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा रहेको बताइएको छ ।

आत्महत्याको कारण भने खुल्न सकेको छैन । कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको बताए । उनले आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउने पनि बताए ।

प्रकाशित मिति: Mar 5, 2019

प्रतिक्रिया दिनुहोस्