Logo
२३ भाद्र २०८१, आईतबार
(March 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेना दिवस समारोह : ‘फ्रि-फल’ को क्रममा एक सैनिक घाइते, लगियो वीर अस्पताल

काठमाडौँ : सैनिक मञ्च टुँडिखेलमा सेना दिवस मनाउने क्रममा प्यारासुटबाट फ्रि फलको क्रममा एक सैनिक घाइते भएका छन् । महाशिवरात्रिको अवसरमा नेपाली सेनाले सेना दिवसको विशेष कार्यक्रम गरिरहेको छ । सेना दिवस विशेष समारोहमा सेनाका विभिन्न टोली आतिबाजी, शस्त्राभ्यासहितका विभिन्न कौशल प्रस्तुत गरिरहेका छन् ।

यहि क्रममा प्यारासुटको सहायतमा विमानबाट फ्रि फलका लागि हामफालेका एक सैनिक घाइते भएका छन् । उनलाई तत्काल एम्बुलेन्स मार्फत उपचारका लागि वीर अस्पताल लगिएको छ ।

प्रकाशित मिति: Mar 4, 2019

प्रतिक्रिया दिनुहोस्