मसूद अजहरको मृत्यु भएको पाकिस्तानी मिडियामा खबर
पाकिस्तानी संचारमाध्यमहरुले मसूद अजहरको मृत्यु भएको बताएका छन् । सोही खबरलाई उदृत गर्दै भारतीय न्यूज एजेन्सी आईएएनएसले पनि जैश-ए-मोहम्मदका संरक्षक तथा केहि दिन अघि भारत स्थित कस्मिरको पुलवामा भएको आतंकी हमलाका मास्टरमाइंड मसूद अजहरको मृत्यू भएको खवर सार्वजनिक गरेको छ ।
पाकिस्तानी संचारमाध्यमले पनि यो खबर प्रस्तूत गरेता पनि त्यसमा कुनै सरकारी पुष्टि भने छैन । संचारमाध्यमहरमा आएको खबर अनुसार मसूद अजहरलाई किडनीमा समस्या थियो र उनी सिकिस्त विरामी थिए । त्यसो त भारतीय मिडियले उनी भारतीय वायुसेनाद्धा्रा गरिएको एयर स्ट्राइकमा मारिएको तर अहिले आएर पाकिस्तानले बिमारीका कारण मृत्यु भएको भनिएको हुनसक्ने भन्दै आशंका समेत ब्यक्त गरेका छन् । यद्यपी यसको दुवै देशको सरकारी पक्षले भने पुष्टि गरेको छैन ।
यद्यपी पाकिस्तानका विदेशमन्त्रीले भने यसअघि उनी बिरामी रहेको र उनी पाकिस्तानमै भएको बताएका थिए । त्यसो त पाकिस्तानले उनी मारिएको हल्ला फैलाएको पनि हुनसक्ने भारतीय संचारमाध्यमको दावी रहेको छ ।