Logo
२६ असार २०८२, बिहीबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको चिन्तामणि घाटमा आज गरियो अन्त्येष्टि

कठमाडौं : तापलेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको आज आइतबार अन्त्येष्टि गरिएको छ । शेर्पा समुदायको परम्परा अनुसार उनको पार्थिव शरीरलाई दिउँसो १ बजे टेकुस्थित चिन्तामणि घाटमा दहासंस्कार गरिएको हो।

तापलेजुङको पाथिभरा मन्दिरको दर्शन गरेर फर्कने क्रममा तारेभीरमा उनको आफ्नै डायनस्टि हेलिकप्टर ठोकिदा उनीसँगै पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित सात जनाको निधन भएको थियो। निधन भएका मध्ये ५ जनाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो।

उनी एक सफल उद्यमीका साथै असल र मिलनसार मित्र पनि थिए । शेर्पाले यति एयरलाइन्स, तारा एयरलाइन्स स्थापना गरे।
उनले पछिल्लो समय डाइनास्टी एयरको हेलिकप्टर कम्पनी किनेका थिए । अन्तर्राष्ट्रिय उडान क्षेत्रमा पनि शेर्पाले ५१ प्रतिशत सेयर लगानी गरेको हिमालयन एयरलाइन्स सञ्चालनमा छ ।

उनले गरेको व्यवसायका कारण धेरैले रोजगारी पाएका थिए । शेर्पा पछिल्लो समयमा होटल व्यवसायमा लागि परेका थिए । उनले दरबारमार्ग स्थित नारायणहिटि दरबार नजिकै ठुलो महल समेत बनाउदै गरेका थिए ।

उनको उन्त्येष्टिमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका उद्यमीहरुको समेत सहभागी थियो । साथै विमान चालकहरुको पनि बाक्लो सहभागी रहेको थियो।

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्