Logo
१ श्रावण २०८१, मंगलबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई ४८ प्रतिशत लाभांश दिने

काठमाडौँ :  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ४८.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत शेयर लाभांश र २३.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले आज एक विवरण सार्वजनिक गर्दै १ करोड ९ लाख ९२ हजार ३२१ कित्ता बराबरको शेयर लाभांश र रु १ अर्ब ३ करोड ३२ लाख ७८ हजार २३२ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो । उक्त प्रस्ताव बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्