Logo
९ श्रावण २०८१, बुधबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कामना सेवा विकास बैंकले सुरु गर्‍यो भिजा डेबिट कार्ड सेवा

काठमाडौँ : कामना सेवा विकास बैंक लिमिटेडले भिजा डेबिट कार्डको सुविधा सुरु गरेको छ ।

उक्त बैंकले आफ्नो सेवा बिस्तारको क्रममा काठमाडौँ महानगरपालिकाको वडा नं ३० स्थित केन्द्रीय कार्यालय ज्ञानेश्वरमा भिजा डेबिट कार्डको सुविधा सुरु गरेको हो ।

बैंकले गएको शुक्रबादेखि भिजा डेबिट कार्ड सेवा सुरु गरेको हो । बैंकका संचालक समितिका अध्यक्ष श्री सुदीप आचार्यले रिवन काटी उक्त कार्यक्रमको शुभारम्भ गरेका थिए ।

बैंकका संचालक चतुराखर अधिकारी, देव कृष्ण काफ्ले र बलराम बरालको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले भिजा कार्डको महत्व र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त यस बैंकका ग्राहकहरुले नेपाल, भारत र भुटानमा समेत उक्त भिजा कार्ड प्रयोग गरि कारोबार गर्न सक्ने बताए

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्