Logo
२५ असार २०८२, बुधबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकप्रिय नेता भरतमोहनलाई अन्तिम श्रद्धाञ्जली (हेर्नुहोस् तस्विरहरु)

काठमाडौंँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको छ ।

आइतबार बिहान नौ बजेबाट अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि धुम्वाराहीस्थित नेकपाको केन्द्रीय कार्यालयमा राखिएको हो ।

अधिकारीलाई श्रद्धान्जली दिन विभिन्न पार्टीका नेता कार्याकर्ता, सुभेच्छुक, शुभचिन्तकहरुले श्रद्धान्जली दिएका छन् । यसअघि आजै बिहान ८ बजे बसेको नेकपाको सचिवालय बैठकले अधिकारीको पार्थिव शरीर केन्द्रीय कार्यालयमा राख्ने निर्णय गरेको थियो ।

श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री ईश्वर पोखेरल, वरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा, काँग्रेस नेता रामचन्द्र पौडेलल, बामदेव गौतम लगायत नेताहरु पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली दिएका छन् ।

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्