Logo
५ जेष्ठ २०८१, शनिबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुरुषले आक्रामक महिला मन पराउने कंगनााको खुलासा

न्यूदिल्ली :  बलिउड अभिनेत्री कंगना रनवतले पुरुषहरुले आक्रामक महिलालाई मन पराउने बताएकी छन्।

इन्डियन टुडेको कन्क्लेभको १८ औँ संस्करणमा सहभागी अभिनेत्री रनवतले आफू पनि सधैं आक्रामक रुपमै प्रस्तुत हुने गरेको बताइन्। ‘म हरसमय आक्रामक रुपमा हुन्छु। मलाई लाग्छ कि पुरुषलाई महिला आक्रमक रुपमा रहेको मनपर्छ।’

कार्यक्रममा उनले पत्रकार सुशान्त मेहतासँग नारप्वाद, राष्ट्रवाद, प्रेमजीवन, विवाह, मणिकर्णिका, करण जौहर, ऋतिक रोशन विवाद जस्ता मुद्दामा खुलेर कुरा गरेकी छन्। उक्त कुराकानीमा अभिनेत्री रनावतले आफू प्रेम सम्बन्धमा रहेको समेत बताएकी छन्। सम्बन्धमा रखेको पक्का गरे पनि उनले कोसँग भन्ने बारेमा भने केही बताउँन चाहिनन्।

मर्णिकर्णिकाको सफलतासँगै कंगनाले आफ्नै वायोपिक बनाउन लागेको चर्चा समेत चलेको थियो। यसबारे उनले भनिन्, ‘मेरो वायोपिक पनि बन्छ, यसमा म आफैँ पनि काम गर्छु तर त्यसभन्दा अगाडि महिला योद्धामा आधारित उत्कृष्ट फिल्म बनाउन चाहन्छु।’ उनले आफू रानी दुर्गावती, रजिया सुल्तान, जीजावाईजस्ता वीर महिलाको जीवनीमा आधारित सिनेमा बनाउन चाहेको बताएकी छन्।

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्